१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

चट्याङ लागेर एक महिलाको मृत्यु

जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  

शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको शनिबार प्रदेश अस्पताल पर्वतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो। रासस

प्रकाशित: १२ वैशाख २०८३ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App