२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

जाडोमा स्थानीय सरकारको न्यानो उपहार

त्रियुगा नगरपालिका वडा नम्बर १६ले जाडो बढेसँगै न्यानो उपहार बाँडेको छ । वडाले जेष्ठ नागरिक, विपन्न दलित र अपाङ्गता भएका वडाबासीलाई न्यानो सिरक वितरण गरेको हो ।  

वडाभित्रका जेष्ठ नागरिक तथा बिपन्न दलित र अपाङ्गता व्यक्तिका परिवारलाई जाडोबाट बचाउन सिरक वितरण गरेको जनाएको छ ।  

केहीदिन यता उदयपुरमा अत्याधिक चिसो बढेको छ । चिसो बढेका कारण जाडोले जनजीवन प्रभावित पार्दै लगेको छ । जाडो उत्कर्षमा पुगेका बेला केही न्यानो राहत महसुस गराउन सकियोस् भनेर वडाबासीलाई फाईबरको सिरक वितरण गरेको वडाध्यक्ष मानबहादुर राईले बताए ।  

वडाभित्रका आर्थिक अवस्था कमजोर रहेका ३६ जना दलित विपन्न तथा ३६ जना जेष्ठ नागरिक गरी ७२ परिवारले सिरक पाएका छन् ।

प्रकाशित: १७ पुस २०८२ २०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App