अछामको साँफेबगर नगरपालिका–१४ पातलकोटस्थित वनको छेउबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।
सोमबार बिहान प्रहरी चौकी चौखुट्टेबाट खटिएको नियमित गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारेको हो।
वन छेउमा शंकास्पद रूपमा राखिएको अवस्थामा फेला परेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे खुल्न सकेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
प्रकाशित: १९ माघ २०८२ २१:०६ सोमबार





