१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना ८ ख १८४१ नम्बरको ट्रकले बा प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक कास्की मादी गाउँपालिका–९ बस्ने ४७ वर्षीय बेल बहादुर राना मगर र स्कुटरमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया कल्पना राना मगरको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाराको पचौरौता नगरपालिका–८ नहरको बाटोमा प्र २–०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक स्वर्ण गाउँपालिका–३ बकतवा बस्ने २७ वर्षीय जवाहीर सहनी छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

यसैगरी बाराको महागढीमाई नगरपालिका–२ पत्रहटी चोकमा प्र ३–०२–०११ प ८३७४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा धोबिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय बिन्देश्वर सहनी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

हुम्लाको नाम्खा गाउँपालिका–५ बुकिबाल्नास्थित सडकमा बा १८ च १४१७ नम्बरको बोलेरो जिप बुधबार दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–५ बस्ने २८ वर्षीय कुङगा तेन्जिन तामाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका जिपका चालक समेत २ जनाको जिल्ला अस्पताल सिमकोट हुम्लामा उपचार भइरहेको छ।

मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित सडकमा बा प्र ०३–००१ त ३४१ नम्बरको ट्रयाक्टर बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङ छन्।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार एक जनालाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाइएको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दैलेखको भैरवी गाउँपालिका–५ गिताचौरस्थित सडकमा क प्र ०२००१ त ०३०७ नम्बरको ट्रयाक्टरको ठक्करबाट उक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५३ वर्षीय लाल बहादुर शाही छन्। 

उनको बुधबार राति मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित सडकमा भे ९ प ७१३० नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App