१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुग्यो

ताप्लेजुङमा प्रत्यक्ष र समानुपातिकतर्फका सबै मतपत्र आइपुगेको छ। प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ९८–९८ हजार थान मतपत्र आएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङका सहायक निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार प्रदेशसभाको समानुपातिकतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ५५ हजार र निर्वाचन क्षेत्र नं २ मा ४५ हजार थान मतपत्र आएको छ।

प्रत्क्षतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ५४ हजार थान र निर्वाचन क्षेत्र नं २ मा ४४ हजार थान मतपत्र आइपुगेको पनि सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए। कूल ८८ हजार २ सय ८५ मतदाता कायम भएको ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं  मा निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ मतदाता छन्।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा ३९ हजार ५ सय २४ मतदाता छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङमा मतपत्रसहित प्राय सबै निर्वाचन सामग्री आइपुगेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App