८ वैशाख २०८१ शनिबार
समाज

हिरणका रुपमा सिक्का खुवाउँदा...

महिलाको घाटीमा अड्किएको सिक्का।

रोल्पा अस्पतालमा बुधबार बेलुका दमको पुरानो रोगी एक महिलालाई ल्याइयो। आपतकालिन कक्षमा राखिएकी उनको अक्सिजनको मात्रा निकै घटेको थियो। डाक्टरले उनको उपचार सुरु गरे। अक्सिजन चढाए, अन्य औषधि दिए। अलि सुधार भए पछि राती नै एक्सरेका लागी पठाए।  

एकै छिनमा एक्सरेको रिपोर्ट आयो। डा. आधार वलीले एक्सरे हेरे। घाटीको तल्लो भागमा गोलो सिक्का जस्तो बस्तु देखियो। ‘पैसासहित घाटीमा लगाएको माला पो आयो कि जस्तो लाग्यो।’ डा. वलीले भने ‘पछि मात्र आफन्तले हिरण खुवाएको पैसा अड्किएको बताए।’  

मर्ने बेलामा अर्थात अन्तिम सास जाने समयमा मुखमा राखिदिने हिरणका रुपमा हालिएको सिक्का अड्किदा ति महिला समस्यामा परेकि हुन। रोल्पा नगरपालिका ९ होमा कि ७९ वर्षीया सगुना परियार स्वासप्रस्वासको पुरानो बिरामी हुन। अलि दिनदेखि बिरामीले थलिएकि उनको अन्तिम अबस्था आएको आंकलन गरि आफन्तले सिक्का मुखमा राखेका कारण समस्या आएको हो।  

रोल्पा अस्पतालमा सामान्य उपचार पछि परियारको स्वास्थ्यमा सुधार आएको थियो। सिक्का निकाल्नका लागी चिकित्सकले उनलाई बाहिर रिफर गरे। तर उनलाई थप उपचारका लागी अस्पताल नलगी घर पुर्याइएको छ वा बाहिर लगियो भन्ने आधिकारीक जानकारी कसैलाई छैन। जिल्लामा सिक्का निकाल्न सक्ने अवस्था नभए पछि उनलाई सुबिधा सम्पन्न अस्पताल रिफर गरिएको हो।  

अस्पतालका सिनियर अहेब कुलबहादुर डागीका अनुसार गत साल पनि हिरण खुवाएर सिक्का अड्किएको ३८ वर्षीय एक युवा नेपालगञ्ज सम्म पुगेको बताए। ‘नेपालगञ्जले अपे्रशन गर्न पर्छ भनेछ तर आर्थिक अवस्था कमजोर भएका कारण घर आएका उनको चाहि दिशाबाट सिक्का आएपछि अहिलेसम्म उनि राम्रै अबस्थामा छन्।’

प्रकाशित: १७ कार्तिक २०७९ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App