६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन जनाको ज्यान जाने गरी पैदल यात्रीलाइ ठक्कर दिएर भाग्ने गाडी चालक पक्राउ

रुपन्देहीको ओमसतियामा एकै घरका तीन जनाको ज्यान जाने गरी पैदल यात्रीलाइ ठक्कर दिएर भागेका कार चालकलाइ प्रहरीले मंगलबार पक्राउ  पारी सार्वजनिक गरेको छ। सोमाबार बिहान करिब ५ बजेतिर ओमसतियाको पननी स्थित भैरहवा–परासी सडकमा ५ जना पैदल यात्रीलाइ ठक्कर दिएर भागेका रोहीणी गाँउपालिका ३ धकधहीका २३ बर्षे अजयक’मार चौधरीलाइ प्रहरीले मंगलबार भैहरवाको गल्लामण्डीबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको टाटा इण्डिका भिष्टा गाडी सिद्धार्थनगर ४ पिपरहियामा त्रिपालले छोपेर राखेको अवस्थामा प्रहरीले फेला परेको रुपन्देहीका प्रहरी प्रम’ख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। सोमबारै साँझ गाडी फेला परेको र चालक चौधरीलाइ मंगलबार बिहानै गल्लामण्डीबाट नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए।

सोमबार बिहानै छठको अवसरमा उदाउदो स’र्यलाइ अर्घ दिन रोहीणी नदिमा बनाइएको छठ घाटमा जाँदै गरेका ५ जना पैदल यात्रीलाइ ठक्कर दिदा एकै घरका तीन जनाको मृत्य’ भएको थियो। दुइ जना घाइते भएका थिए।  

चौधरीले चलाएको कारको ठक्करबाट ओमसतिया पननीका २८ बर्षकी प्रमिला कुर्मी,१४ बर्षकी सिमा कुर्मी र दुइ महिने बालक श्रीराम क’र्मीको घटनास्थलमै  मृत्यु भएको थियो। कारको ठक्करबाट घाइते भएका सोही ठाँउकी २६ बर्षीया मन्जु कुर्मी र मृत्तक शिश’की आमा २४ बर्षकी बन्दना कुर्मीको अहिले उपचार भइरहेको छ।  

प्रहरीले कारको अगाडीको बम्बर र वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लास घटना स्थलबाट बरामद गरेको थियो। घटना स्थलमा बरामद सामान र स्थानीयको सहयोगमा प्रहरीले सोमबार साँझै  कार फेला पारेको थियो। चालक चौधरीलाइ भने मंगलबार बिहान गल्लामण्डिबाट पक्राउ गरेको एसपी रेग्मीले बताए। पक्राउ परेका चौधरी बिरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी सवारी ज्यान म’ददा अन्तर्गत कारबाही अगाडी बढाएको छ। कारको गती तिब्र हुँदा अनियन्त्रीत भइ पैदल यात्रीलाइ ठक्कर दिएको प्रारम्भिक अन’सन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १५ कार्तिक २०७९ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App