८ वैशाख २०८१ शनिबार
समाज

चर्को गाडी भाडा उठाउँदै काठमाडौं-बेँसीसहरका माइक्रोबस

काठमाडौं बेँसीसहर चल्ने अधिकांश माइक्रो बसहरुले तोकेको भन्दा चर्को गाड़ी भाँडा उठाउँदै आइरहेका छ्न्। गत असोज १२ गते (बुधबार) चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै लमजुङ प्रहरीले चार वटा सवारीसाधनलाई कारबाही गरेको थियो। उक्त सवारी साधनहरुले प्रतिव्यक्ति एक हजार रुपैयाँको दरले भाँडा उठाएका थिए। जबकी जिल्ला प्रशासन कार्यालय लमजुङले काठमाडौँ वेसीशहरको भाँडादर ७ सय १० रुपैयाँ निर्धारण गरेको छ।

प्रहरीले असोज १२ गते काठमाडौंबाट लमजुङ बेँसीसहरका लागि छुटेका तीनवटा माइक्रोबस र एउटा बसलाई नियन्त्रणमा लिए पश्चात उनीहलाई १० हजार रुपैयाँ जरिवना तिराई आवश्यक कारबाहीको लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाएको थियो। चाडपर्वको समयमा घर फर्कने यात्रुहरुको सहजताका लागि लमजुङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।  

चाडपर्वको सयमा यात्रु ठगिने, लुटपाट र चोरी हुनेजस्ता क्रियाकलाप बढ्नसक्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ। यात्रुहरु ठगिन बाट रोक्नका लागि कक्षा स्थापना गरिए पनि ती सहायता कक्षाहरु प्रभावकारी नभएकाे देखिन्छ। 

केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेलामा मात्र हजार/हजारका दरले गाडी भाडा उठाइयो।' एक यात्रुले भने। 

चाडबाड सकिएलगतै घर गएकाहरू काठमाडौँ फर्कन बिहान ५ बजेदेखि नै बेँसीसहरको माइक्रो काउन्टरमा टिकट लिन लाइनमा उभिने गर्छन। तर काउन्टरमा माइक्रो हुँदैन। काठमाडौं बेँसीसहर चल्ने ३१ वटा माइक्रोबसहरू छन्। तर मुस्किलले ३/४ वटा माइक्रो मात्र काउन्टरमा देखिन्छन्।  

काठमाडाैं जान बिहानै ५ बजे देखि लाइनमा बसेका सन्दिप अधिकारी भन्छन्, 'हिजो पनि बिहान १० बजेदेखि काउन्टरमा आएर बसेको थिए, तर कुनै पनि माइक्रो थिएन, भए पनि पहिलै भरिएको हुन्थ्यो। बेलुका ५ बजेसम्म बसे तर पनि पाइएन। आदी गाड़ीमा चालक आफैले आफ्ना चिनेका मान्छेहरू राख्छन्,अनि काउन्टरबाट ५/६ जनालाई मात्र टिकट दिइन्छ। आज पनि बिहानैबाट लाइनमा तर अहिलेसम्म टिकट दिने सुरसार छैन।' उनले भने।

यता माइक्रो काउन्टरमा रहेका कर्मचारीले चाडवाडको समय भएकाले गाड़ीको अभाव भएको बताउँछन्। उसो त गाड़ीहरु भए पनि रिजर्वका नाममा बाहिरैबाट यात्रु हाल्दा बढी शुक्ल तिर्ने बाध्य यात्रुहरु प्रशस्त छन्।

काउन्टर बाटै टिकट काटे पनि लुटिन्छन् यात्रु  

काउन्टर बाटै टिकट काटे पनि माइक्रो चालकले आफू बाट हजार रुपैयाँ उठाएको राम थापा बताउँछन्। उनी भन्छन्,'मैले वेसीशहरबाट काठमाडौँ आउँदा ७४० रुपैयाँमा टिकट काटेको थिए। तर म चडेको उक्त माइक्रोले हजार रुपैयाँ नै लियो, फिर्ता पनि दिएन। यो त सिधै लुट हो। मसँग हजार रुपैयाँ तिर्नु बाहेक अरु विकल्प पनि थिएन। यस विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ। उनले भने।

स्थानीय तहको निर्वाचनको समयमा पनि माइक्रोहरुले बढी शुल्क उठाएको यात्रुहरूको गुनासो छ। दसैं तिहारको समयमा झन् यस्ता क्रियकलापहरु फस्टाउँदै गएका छन्। माइक्रोले मात्र नभई अन्य बसहरुले पनि तोकिएको भन्दा बढी उठाउँदै आइरहेका छन्।

काठमाडौं उपत्यकाभित्र चल्ने मयूर यातायातले काठमाडौंको लमजुङ माइक्रो काउन्टरकै सहयोगमा ९०० रुपैयाँ शुल्कलिई बेँसीसहर पुर्याइदिने गरेका छन्। काउन्टरका कर्मचारीले भने गाडीको अभाव हुँदा सो कार्य गरिएको बताए। यता काठमाडौं बरङ्खोला (लमजुङ) चल्ने बसले भने १५०० सम्म शुल्क उठाए। गाडीको अभावमा चर्को शुक्ल तिरी यात्रा गरी यात्रुहरु बाध्य भएको बताउँछन्।  

लमजुङ कालिका यातयात संचालक प्रलिका अध्यक्ष कृष्ण बहादुर अधिकारीले माइक्रोहरुले बाहिरैबाट यात्रु चढाउने र बढी भाडालिने कुराहरु आफूले पनि थाहा पाएको बताए। उनले चाडवाडको समयमा गाडीको अभाव हुने बताउँदै आफूहरूले टिकट दिएर मात्रै चढाउने उनको भनाइ थियो। 'हाम्रो अगाडि त चालकहरुले भाँडा जति हो उति नै लियौं भन्छन्। लमजुङमा गाडीको कमी भएको हुनाले काठमाडौ उपत्यका चल्ने मयूर यातयात पनि आए, उनीहरू यताबाट खाली/ खाली नै जानु पर्ने भएको हुनाले बढी लिएका होलान्। मिक्रोहरुलाई कडाइ नै गरिररहेका छौंं। दसैंको बेलामा १२/१३ ओटा गाडी कारबाहीमा पनि परे। हामीले हाम्रो तर्फबाट चालकहरुलाई बढी भाडा उठाउन नपाउने भनेर भनिरहेका छौंं। यस विषयमा हामी थप अनुगमन गर्छौ।' उनले भने।  

लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैधले बढी भाडा उठाउने गाडीहरुलाई कारबाही गरिरहेको जानकारी दिए। 'यसभन्दा अगाडि पनि केही गाडीहरुलाई १० हजार रुपैयाँको जरिवाना तिरायौं। हामीले ट्राफिक प्रहरीलाई पनि भनिरहेका छौंं। कतिपय कुराहरु हामीलाई पनि थाहा थिएन तपाईंले भनेपछि मात्र थाहा भो। अब अनुगमन गर्छौ।' उनले नागरिक न्यूजसँग भने।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले नागरिकबाट बढी शुल्क उठाएको गुनासो आउनसाथ कारबाही गर्ने बताए। नागरिक न्यूजसँग कुरा गर्दै उनले भने, 'हामीले दसैंको बेला केहीलाई जरिवाना पनि काटेको अवस्था हो। अहिले बढी भाडा लिएको भन्ने कुरा हामी कहाँ आपुगेकै छैन। हामीले चेक जाँच गर्दा पनि बढी भाडा लिएको सूचना छैन। तर निरन्तर चेकिङ गरिररहेका छौंं। नागरिक पनि उतिकै जिम्मेवार हुन जरुरी छ। उहाँहरुले हामीलाई जानकारी गराउनुनै भाएको छैन। उहाँहरुले हामी सँग बढी भाडा लिए भन्नासाथ हामी कारबाही गरिहालछौं। काउन्टरबाट गाडी नछुटाउने, भित्रबाट छुटाउने अनि हामी रिजर्भमा छौ भनेर हजार/हजार उठाउने गरेका पनि छन्। नागरिकको सूचना आउनसाथ हामी तुरुन्तै कारबाही गर्छौ।' उनले भने।

प्रकाशित: ११ कार्तिक २०७९ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App