३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कमा भिरबाट मोटरसाईकल खस्दा दुई जनाको मृत्यु भएको छ। सन्धिखर्क-१० मा निर्माणाधीन अर्घा भगवती विमानस्थलको भिरबाट मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रदेश नम्बर २-०३८ प ५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सन्धिखर्क नगरपालिका-१, मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

निर्माणाधीन एयरपोर्टको रनवेमा मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई भिर बाट खस्दा मोटरसाइकल दुई सय मिटर तल खसेको थियो। ओभर स्पिडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।  

घटना थाहा पाएपछी उद्धारका लागी गएको अर्को बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पनि सोही ठाँउमा दुर्घटना हुँदा दुईजना घाईते भएका छन्। सन्धिखर्क-२, आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App