१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंको विभिन्न स्थानबाट जुवा खेल्ने ६२ जना पक्राउ

नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले जुवा खेल्नेबाट छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो। प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७९ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App