१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

५० लाख बराबरको खाने तेल चोरी गरेको आरोपमा चारजना पक्राउ

प्रहरीले ५० लाख बराबरको खाने तेल चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरबाट  खरिद गरि सिन्धुली पुर्याउनु पर्ने खाने तेल बाटोबाटै चोरी गरेको आरोपमा नुवाकोट शिवपुरी १ का ट्रक चालक सुकमान तामाङ्ग, रौतहट राजपुर नगरपालिका ६ हर्साहा घर भई गौर १ बस्ने रमेश कुमार, शेख कलाम र बृन्दावन नगरपालिका ८ बस्ने बैधनाथ साह तेली रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

परवानीपुर ५ बहुवरीमा रहेको मनोकामना आयल फुड प्रोसेसिङ प्रालीबाट करिब १७ हजार पाँच सय लिटर खाने तेल रोबिन सप्लायर्स प्रालीले खरिद गरेको थियो। सिन्धुलीको कमलामाईमा लैजाने क्रममा उनीहरुले रौतहटको गौरमा चोरी गरेर बिक्रीका लागि लुकाएर राखेको अवस्थामा भेटिएको बोगटीले बताए।

उनका अनुसार वीरगन्जमा रहेको अंजली कैरियरको प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा लोड गरेर पठाएको राजहंस खाने तेल रौतहटको गौर नगरपालिका १ गौरबजारबाट बरामद गरेको हो।

ट्रक खरिदकर्ता समक्ष समयमै नपुगे पछि असोज  ३० गते उद्योगले खाते तेला चोरी भएको र त्यसलाई खोज तलास गरिदिन जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको उनले बताए।

निवेदनपछि मोबाइल कलको आधारमा ट्रक चालक तामाङलाई कात्तिक ४ गते नियन्त्रणमा लिएर अनुसन्धान गर्दा तेललाई गौरमा लगेर बेचिएको पत्ता लगाएको हो।

चोरी भएको तेल मध्ये ३१ सय ७० लिटर बरामद गरेकोे र अन्यलाई बिक्री गरिसकेको बोगटीले बताए। बाँकी  तेलको बारेमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App