८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मृत्युकाे शोकमा मोबाइल पसल बन्द

मंगलबार राति ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका फुर्वा शेर्पाका शाेकमा बिहीबार माेबाइल पसल बन्द गरिएकाे छ।

आफ्ना सदस्य गुमाएको शोकमा फुङलिङका मोबाइल पसल सञ्चालकहरुले बिहीबार एकदिनका लागि आफ्ना पसलहरु बन्द गरेका हुन्।  

यस्तै, परिवारलाई तोक्मेडाँडाका स्थानीय अगुवाईमा संकलन भएको ७७ हजार बढी रकम हस्तान्तरण गरिएको छ।  शेर्पा तोक्मेडाँडा क्षेत्रमा मोवाइल पसल सञ्चालन गरी बस्ने गरेका थिए। तोक्मेडाँडा क्षेत्रका स्थानीयको अगुवाईमा फुङलिङ बजारमा संकलित ७७ हजार २ सय रुपैयाँ फुर्वाकी श्रीमतीलाई हस्तान्तरण गरिएको संकलनकर्ता मध्येका एक छत्र बिकले जानकारी दिए।

गत मंगलबार राति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा फुर्वा र सवारी चालक तथा गाडी समेत रहेका उनका ३१ बर्षीय पासाङसहित मैवाखोला वडा नं ४ ओदकका पासाङ छेटु शेर्पाका छोरीद्धय एकैघरका दिदीबहिनी १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया शर्मिला शेर्पाको मृत्यु भएको थियो। फुर्वा र पासाङ भने मैवाखोला गाउँपालिका वडा नं ५ काम्साङका हुन्। ०२–०३–००१ त ५६५५ नम्बरको ट्याक्टर मैवाखोला गाउँपालिका वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा परेको थियो।

प्रकाशित: ३ कार्तिक २०७९ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App