coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा  आंशिकदेखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी  प्रदेशहरुमा  आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।  

त्यस्तै राती गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १ कार्तिक २०७९ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App