५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

६७औं प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको छ। अपराध अनुसन्धान तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने प्रदेशभरबाट ३ जनालाई छनौट गरी पुरस्कृत गरेको हो।

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।

बिष्टले सुनसरीको विभिन्न स्थानबाट ५ वटा पेस्तोलसहित मानिस पक्राउ, कर्तव्य ज्यान अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ र मोरङको कर्सियाको सिटिजन्स बैंकमा हतियारधारी लुटेराको समूहले नगद लुटी फरार भएका ३ जना अभियुक्तलाई हतियारसहित पक्राउ गर्न सफल भएको हुँदा पुरस्कृत गरिएको हो।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा पुरस्कार प्रदान गर्दै आएका छन्। साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डाक्टर विक्रमप्रसाद श्रेष्ठले ५०–५० हजार रुपैयाँको चेक तथा प्रशंसापत्र प्रदान गरे।

त्यसैगरी, प्रदेशभर उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी वरिष्ठ हवल्दार तुलसीप्रसाद पोखरेललाई प्रदान गरिएको छ। यसै वर्षबाट सुरु भएको २५ हजार धनराशिको उक्त पुरस्कार प्रदेशभरबाट १ जना ट्राफिक प्रहरीलाई दिइनेछ। पुरस्कार अक्षय कोषका संस्थापक पूर्व डिएसपी बद्री विक्रम थापाले २५ हजारको चेक तथा प्रशंसापत्र प्रदान गरे।

सवारी दुर्घटनामा दिवंगत भएका छोराको स्मृतिमा १ नम्बर प्रदेशअन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना ट्राफिक प्रहरी कर्मचारीलाई प्रदान गरिन्छ।

प्रकाशित: ३१ आश्विन २०७९ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App