२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ प्रहरीले सोमबार साँझ पथरीशनिश्चरेबाट ब्राउनसुगर सहित २ जना युवालाई पक्राउ गरेको छ।  

पथरीशनिश्चरे नगरपालिका–९ का ३० वर्षीय सन्तोष लिम्बू र २९ वर्षीय सुनील लिम्बूलाई ब्राउन सगुरसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

विशेष सूचनाका आधारमा  पक्राउ परेका सन्तोषको घर खानतलासी गर्दा कोठामा झोलाभित्र लुकाएर राखेको ६ सय मिलिग्राम ब्राउन सुगर र नगद ३२ हजार ४ सय रूपैयाँ बरामद भएको डिएसपी श्रेष्ठले बताए।  

यस सम्बन्धमा अनुसन्धान भइरहेको र उनीहरु दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ आश्विन २०७९ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App