६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु

सर्लाहीमा सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चौकस्थित मलंगवा नवलपुर सडक खन्डमा मलगवाबाट नवलपुरतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो।  

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १४ का हिरालाल मन्डलका करिब ३ वर्षका छोरा निशान्त कुमार मन्डल रहेका छन्। चक्रघट्टा गाउँपालिकाको नाममा रहेको ना १ झ १७०० नम्बरको स्कर्पियोले बालकलाई ठक्कर दिँदा बालकको टाउको र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते बालक मन्डललाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाउँदा अस्पतालले मृत घोषणा गरेको थियो।  

घटनामा संलग्न स्कारपिओ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रकाशित: २४ आश्विन २०७९ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App