१५ चैत्र २०८० बिहीबार
समाज

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता

अर्घाखाँचीको सन्धिखर्कमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। दसैं मनाउन मामाघर हिंडेका बालकलाई खाेलाले बगाएर बेपत्ता बनाएको हो।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पाैडेल एक छाेरा र एक छाेरी लिएर दसैँ मनाउन भूमिकास्थान-७, चिदिचौर (मामाघर) जाने क्रममा खाेला तर्न खाेज्दा बालकलाई बगाएकाे जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

आफ्नाे बच्चा खाेलाले बगाएपछी पौडेलले प्रहरीलाई खबर गरेकी थिईन्। करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगी खोजिकार्य गरेपनि फेला पार्न सकेको छैन। बच्चाकाे खाेजी कार्य जारी रहेपनि आज रात परिसकेकाेले बिहिवार पुनः खोजिकार्य गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७९ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App