coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती

गोरखा दरवारबाट फुलपाती भित्र्याउन काठमाण्डौँ लगिँदै। तस्विर: नागरिक

गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ। आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्याउन लगिएको छ।  

गोरखकाली मन्दिरका पुजारी, सुसारेहरुले तयार गरेको फूलपाती पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए। गोरखा दरवारबाट पुजापाठ गरेर पठाएको फुलपाती अहिले गाडीमा पठाउने गरिँदै आइएको छ। पहिले मानिसले बोकेर लैजाने प्रचलन थियो।

फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर पठाएको भुषालले बताए। गोरखा दरवारको दशैं घरमा पनि आईतवार साँझ फूलपाती भित्र्याईन्छ। नेपाल एकीकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखकाली मन्दिरको दशैंघरबाट हनुमानढोका दरवारमा भित्र्याउने परम्परा सुरु गराएका थिए।  

दरवारस्थित दशैं घरबाट मालश्री धुन र धिमे बाजागाजासहित फुलपाती सहितको डोली निकालिएको थियो। फुलपाती बिदाई समारोहमा गोरखा नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, दरवारका पुजारी एवं कर्मचारीहरु, स्थानीय लगायतको उपस्थिती रहेको थियो।

प्रकाशित: १६ आश्विन २०७९ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App