१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

साल्मेडाँडामा समाधिस्थल निर्माण

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ।  

पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए।  पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन।

गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो। बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा  निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म १५ करोड खर्च भइसकेको छ।

पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विस २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो। समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ। फेदीखोला –१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न गर्‍यौँ भने साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताए।

पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ। गेसोका अध्यक्ष पदमबहादुर गुरुङले समाधि निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताए। गेसोले गोरासरह पेन्सन र समान सुविधा  गोर्खालाई पनि उपलब्ध गराउनुपर्ने, विश्व युद्धबन्दी र युद्धमा मारिएका ६० हजारका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको अधिकार माग गर्दै  बेलायती अदालतमा मुद्दा दर्ता गरी २७ वर्षदेखि लड्दै आएको जानकारी अध्यक्ष गुरुङले दिए। 

प्रकाशित: १६ आश्विन २०७९ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App