१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विभिन्न स्थानमा ४ जना मृत फेला

देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन्। 

नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको ललितपुर महानगरपालिका–१९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।  

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको रामधुनी नगरपालिका–१ मिठ्ठिचोक नजिक सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App