५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कडा चट्टानी भीर छिचोल्दै सेना

सुनाखाडाको कडा चट्टानी भीर छिचोल्दै नेपाली सेना र स्थानिय

कर्णाली करिडोरको हुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवान र स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएका छन्। अग्लो चट्टानी भीर भएको सुनाखाडामा चट्टान विस्फोट गर्न नेपाली सेना र,स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएको छन्।

विस्फोटका लागि मेशिनबाट होल खोप्ने र विस्फोट गर्ने काम नेपाली सेनाले गरेको छ, भने छरपष्ट भएका ढुङ्गा पन्छाउनेदेखि ग्याबिन भर्ने काम स्थानियले गरिरहेका छन्। ‘तल नदी माथि पहरो भीरमा,काम गर्दा शरीर नै सिरिङ्ग हुन्छ तर पनि काम  गरिरहेका छौं।’ स्थानिय कामदार मनसिंह बुढाले भने निक्कै अग्लो असजिलो चट्टानमा होल खोप्ने र विस्फोट भएका ढुङ्गा पन्छाउने कामगर्ने गरेका छौं।’

कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत स्याल्तडी देखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई सेनाले तीव्रता दिएको छ। उक्त खण्डमा सेनाले चट्टान विस्फोट गर्नेदेखि मेशिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगािड बढाएको हो।

नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुुप पोखरेलले हुुम्ला र कालिकोट बाजुुरा क्षेत्रको घाटापारी क्षेत्र गरी २२ किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी सेनाको रहेको थियो। यसमा हुुम्ला खण्डको स्याल्तडीदेखि लालीबगरको ११ किलोमिटर छ। घाटापारी क्षेत्रको ११ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ।  हुम्ला खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको सेनाले जनाएको छ।

 

हाल लालीबगर ल्याप्चे क्षेत्रको पाँच वटा स्थानमा सडक निर्माण कार्य भइरहेको कामदार अजबहादुर शाहीले  बताए। उनले भने ‘हुम्ला खण्डमा दैनिकजसो कडा चट्टानलाई विस्फोट गर्ने कार्य गरिरहेका छौं।’ उनले त्योसँगै मेशिनबाट सडक निर्माण गर्ने र कामदारबाट ग्याबिन लगाउने कार्य भइरहेको बताए।

सरकारले आगामी आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटसँग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो। यसअघि करिडोरकै कालिकोटको खुलालु,लैफु हुँदै हुुम्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडक निर्माण गरेर नेपाली सेनाले गतवर्ष असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।

सुनाखाडाको कडा चट्टानी भीर छिचोल्दै नेपाली सेना र स्थानिय तस्विरः ललित विष्ट कालिकोट ।

प्रकाशित: १३ आश्विन २०७९ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App