५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मनास्लु हिमपहिरो: एकको मृत्यु, दुई गम्भिर घाइते उद्धारमा कठिनाई

मनास्लु बेस क्याम्प ।

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भिर छ। पहिरोमा अन्य १० भन्दाबढी घाइते भएका छन्।  

सोमबार करिब १२ बजेतिर झरेको पहिरोमा परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यू भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले बताए। पहिरोमा सो कम्पनीका जीतबहादुर शेर्पा र निर्मा दोर्जे गम्भीर घाइते भएका छन्। घाईते हुने अन्यमा दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ लगायत रहेका छन्।  

घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्, तर मौसम प्रतिकुलताका कारण उद्धार हुन नसकेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। ‘हेलिकप्टर तयार गरिएको धेरै समय भयो तर यहाँ अहिले मौसम खराब छ’ मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले भनिन्। गोरखा मनाङ दुबै तर्फबाट उद्धार गर्न हेलिकप्टरले प्रयास गरेपनि सकेको छैन।  

क्याम्प नम्बर २ र ३ बाट घाईतेहरुको शेर्पाहरुले नै पहिरोमा फसेकाहरुको उद्धार गरिरहेका छन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो।  

‘अहिले हिउँ धेरै परेको छ, म पनि आरोहण गर्न सकिन्, क्याम्प ३ मा तीन दिन सुतेर फर्किनुप¥यो’ मनास्लु आरोहण गर्न पुगेकी आरोही पूर्णिमा श्रेष्ठले भनिन्। हिउँ धेरै पर्ने, पहिरो बग्ने, बाटोहरु पुरिने हुँदा आरोहीहरुलाई समस्या भएको उनले बताइन्। किलर माउण्टेन भनेर चिनिने मनास्लु आठ हजार एक सय ६३ मिटर अग्लो छ।

प्रकाशित: १० आश्विन २०७९ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App