coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकारसँग १० बुँदे सहमतिमा अनशन तोडे डा. केसी

अनशनरत डा. गोविन्द केसी र सरकार बीच १० बुँदे सहमति भएकाे छ। ७ बुँदे माग राखेर भदौ २७ गतेबाट धनगढीको कृष्ण मन्दिरमा २०औँ आमरण अनशन सुरू गरेका डा. केसीले सरकारसँगको सहमतिपछि १३औं दिनमा अनशन तोडेका छन्।

सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी उपचारका लागि केही दिन त्रिवि शिक्षण अस्पतालमै रहनेछन्। यसअघि धनगढीकाे सेती प्रादेशिक अस्पतालमा लगिएबाट उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन्। सरकारले अब बस्ने मन्त्रिपरिषद बैठकमा डा. केसीसँग भएको सहमति पेश गर्नेछ। अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन्।

प्रकाशित: ८ आश्विन २०७९ १५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App