७ वैशाख २०८१ शुक्रबार
समाज

अवरुद्ध पृथ्वीराजमार्ग ६ घण्टापछि खुल्यो

यातायात व्यवसायी सँग र स्थानीयबीचको छलफलपछि अवरुद्ध पृथ्वीराजमार्ग ६ घन्टापछि खुलेको छ।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजमार्ग खुलाइएको हो।  

बिहिबार बिहान करिब पौने १० बजे काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको थियो। गजुरीकै आदर्श माविको कक्षा एकमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको थियो।  

घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन्। अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारीहरु गन्तव्यतर्फ गुड्न थालेका छन्।  

आक्रोशित भीडले सडकमा नाराबाजी गरेका थिए। घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको थियो। सयौं सवारी जाममा परेका थिए।

प्रकाशित: ६ आश्विन २०७९ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App