१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

तस्करीको सुर्तीबाट लहानमा सुर्ती उद्योग

सिराहा-सिरहा र सप्तरीको सीमानाकाबाट सुर्तीको तस्करी बढेको सूचना पछ्याउँदै पूर्व क्षेत्रीय ब्युरोको प्रहरी टोली लहान–३ बाट मोटरसाइकलसहित तीन बोरा सुर्ती र एकजनालाई पक्राउ गरेको छ।पक्राउ परेका बिनोद साहबाट उतm सुर्ती लहान–८ स्थित धरमबिर सुर्ती उद्योगको भएको ब्युरोको प्रहरी टोलीले जानकारी दिएको छ। ब्युरोको टोलीले इलाका प्रहरी कार्यालय लहानसँग समन्वय गरी उतm सुर्ती उद्योगमा पुगेको थियो। टोलीले उद्योगमा रहेका १२ बोरा तयारी सुर्ती र ३ बोरा कच्चा सुर्ती बरामद गरी संचालक सन्तोष महतो र म्यानेजर बिनोद साहलाई पक्राउ गरेको छ।

सुर्तीसहित पक्राउ परेका व्यतिmलाई कारवाहीका लागि प्रहरीले आन्तरिक राजस्व कार्यालय लहानमा बुझाएको छ। प्रहरीले बुझाएको केही घण्टामै राजस्व कार्यालयले पक्राउ संचालकसहित दुबैजनालाई धरौटीमा छाडेको छ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीका अनुसार राजस्वले हामीलाई पक्राउ व्यतिm धरौटीमा छुटेको पत्र पठाएको छ । सुर्तीको भन्सार राजस्व अन्य समानको तुलनामा धेरै बढी भएकोले तस्करमार्फत यहाँका सुर्ती उद्योगले सुर्ती आपूर्ती गर्ने गरेको भन्सार स्रोतले बतायो । सुर्ती उद्योगमा आपूर्ती हुने सुर्तीबारे जाँचपडताल गर्ने आधिकारिक निकाय आन्तरिक राजस्व कार्यालयको फितलो कारवाही र अनुगमन का कारण तस्करीको सुर्तीबाट आपूर्ती गर्न उद्योगीहरु पल्केको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित: ६ वैशाख २०७३ २२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App