प्रदेश प्रहरी कार्यालयमा आएको गोप्य सूचनाका आधारमा छोरीमाथि करणी गर्ने बुवा पक्राउ परेका छन्।
दैलेखको नौमुले गाउँपालिकाका ४९ वर्षीय (नाम गोप्य) बुवाले १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको सूचना आएपछि दैलेख प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीले आफ्नै घरको कोठामा बसेको अवस्थामा पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गरेका बुवालाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप समेत गरेको छ।
प्रहरीले छोरीलाई स्वास्थ्य परीक्षण गरेर घर पठाउने तयारी गरेको छ। घरपरिवार बाहिरबाट आएको विशेष सुराकीको आधारमा छोरीलाई करणी गरेको बुवालाई पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) गणेशबहादुर बरालले बताए।
प्रकाशित: १७ वैशाख २०८३ १३:१७ बिहीबार





