१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले भत्काएका संरचना तयार पार्न सिडिओको अग्रसरता

मधुवन नगरपालिकाको सुर्यपटुवा जोड्ने क्षति भएको पुलको स्थलगत अनुगमन गर्दे। तस्बिर: निर्मल/नागरिक

शुक्रबार र शनिबार अबिरल बर्षा भएदेखि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला,प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही,सशस्त्र प्रहरी उपरीक्षक जहेरसिंह बुढामगर र राअ प्रमुख प्रज्वल खड्का लगायतका सुरक्षा प्रमुखको दौडधुप बढेको छ।  

बेमौसमि बर्षाले कर्णाली र बबई नदीमा बाढी आउँदा भौतिक पुर्वाधारमा क्षति र बाढीबाट घर परिवार बिस्थापित भएका छन्।  कुनै अप्रिय घटना नघटे पनि महत्वपुर्ण ठाउँका पुल र सडकमा क्षति पुराएकाले आवागमन प्रभावित हुने बाढी पछिको निष्र्कष छ।  

दुई दिन लगातार भएको बर्षाले कर्णाली नदिको शाखा नदीमा बाढी आउँदा सडक र पुलमा क्षति पुराएको छ। मधुवन नगरपालिकाको औरहि खोला अन्र्तगत सुर्यपटुवा जोड्ने झोलङ्गे पुल र डल्ला होमस्टे जोड्ने पक्की पुलको सडक बाढीले बगाएको छ।  

मधुवन नगरपालिकाको झोलङ्गे पुलको आधा भाग बगाउँदा अलपत्र परेको छ। मंसिर ४ गते प्रदेश र संघको चुनावको लागि मिति तोकिएको बेला आवागमन प्रभावित गर्ने गरी बाढीले सडक र पुलमा क्षति पुर्याउँदा प्रमुख जिल्ला अधिकारी वास्तोला लगायत सुरक्षा समितिलाई पूर्वाधार निर्माण गर्ने विषय टाउँको दुखाई बनेको छ।  

आईतवार सिडिओ वास्तोलाको नेतृत्वमा सुरक्षा समितिको टोली सम्बन्धित सरोकारवाला सरकारी निकायका प्रमुख र जनप्रतिनिधि सहितको टोलीले मधुवन र राजापुर नगरपालिकामा बाढीले क्षति पुराएका क्षेत्रमा अनुगमन गरेको छ।  

मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट र प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले प्रजिअको टोली स्थलगत अवलोकन गर्न पुगेका बेला बाढीले पुल र सडकमा क्षति पुराएको बताएका थिए। चुनाव नजिकिएसँगै सर्वसाधरण सुरक्षा र आवागमन प्रभावित हुन नदिन सडक डिभिजन प्रमुख निरज शेर्पा र स्थानीयतहको समन्वयमा तत्काल सडक सुचारु गर्न सिडिओ वास्तोलाले निर्देशन दिए।

बाढी पछि  क्षति अनुगमन क्रममा निस्केका बेला बर्दिया र कैलाली जोड्ने सत्ति घाट पुल बागिंएको राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले सिडिओ वास्तोलालाई जानकारी गराए। त्यसै क्रममा अनुगमनमा निस्केको सुरक्षा प्रमुखको टोलीलाई बाढीबाट विस्थापित परिवारको स्वास्थ्य र खानपिनका लागि दातृ निकाय र राजापुर नगरपालिकाले सहयोग गरिरहेको बताए।

कर्णाली नदी नियन्त्रण व्यस्थापनका जिम्मा लिएका आयोजना प्रमुखको वेवास्ताले गर्दा जनधनको क्षति हुने त्रासमा स्थानीय भएको बताएका थिए। तर, बर्दिया र कैलाली जोड्ने सत्ति घाटको पुल तर्फ कर्णाली नदीको बाहावले लगातार धकेल्दा सुरक्षाकर्मी र स्थानीयको श्रमदानले जोगिएको भन्दै नगर प्रमुख थारुले सुरक्षाकर्मीको प्रशंशा गरे।

सुरक्षाका दृष्टिकोणले सडक र पुल चुस्त र दुरुस्त हुनु पर्ने उल्लेख गर्दे तत्काल संरचना निर्माण गर्न पत्राचार र निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए। ‘चुनावको मिति र चाडपर्व पनि नजिकिएको छ,यहि बेलामा बाढीले क्षति पुराएको छ’प्रजिअ वास्तोलाले भने, ‘भौतिक संरचनाको संरक्षण र सडक आवागमन अवरुद्ध हुन नदिनका लागि प्रयासरत छौ।’

प्रकाशित: ३ आश्विन २०७९ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App