१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारद्वारा उपसचिव प्रमोद नेपाल र बिबि एयरवेजका कार्यकारी हरिभक्त श्रेष्ठविरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका नागरिक उड्डयन महाशहाखामा कार्यरत प्राविधिक उपसचिव प्रमोद नेपाल र बिबि एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ विरुद्ध घुस लेनदेन गरेकोसम्बन्धमा आरोप पत्र दायर गरेको छ।  

अख्तियारद्वारा आइतबार जारी विज्ञप्ति अनुसार उपसचिव नेपालले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिनका लागि सेवाग्रहीबाट ६ लाख रुपैयाँ घुस मागेको सुचना एवं उजुरीका आधारमा अख्तियारले छापा मार्दा उक्त रकमसहित थप १६ लाख ५० हजार रुपैयाँ गरी २२ लाख ५० हजार रुपैयाँ फेला पारेपछि अख्तियारले नेपाल विरुद्ध आरोप पत्र दायर गरेको हो।  

नेपालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३ को उपदफा १ को कसुर भएको ठहर गर्दै अख्तियारले बिगो स्वरुप ६ लाख रुपैया कायम गरी कैद सजाय माग दावी गरेको छ।  

यसैगरी नेपालले बिबि एयरवेजको इजाजत पत्र नविकरण गरी उक्त एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख ५० हजार रुपैयाँ सापटी लिई भ्रष्टाचार निवारण ऐन २०५९ दफा ५ को उफदफा १ बमोजिमको कसुर गरेको ठहर गर्दै सोही उपदफा अनुसार कैद सजाय गरी उक्त रकम जफत गरी पाउ भनी अख्तियारले मागदाबी गरेको छ।  

यसैगरी श्रेष्ठले इजाजत पत्र नविकरण गर्दा नेपाललाई लाभ पुर्याउने गरी काम गरेर मतियारको भूमिका निर्वाह गरेको अख्तियारको ठहर छ। श्रेष्ठ विरुद्ध भ्रष्टाचार ऐन २०५९ दफा २२ प्रतिबन्धात्मक वाक्याशंबमोजिम माग दाबी लिई आइतबार आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन्।

प्रकाशित: २ आश्विन २०७९ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App