२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राप्तीमा बाढीले ६ मिटर पार गर्यो, सर्तकता अपनाउन आग्रह

अविरल वर्षाका कारण बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ६ मिटर पुगेको छ। जबकी नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ।  

शनिबार बिहान सवा ९ बजेतिर २० मिनेटको रेकर्ड अनुसार कुसुममा नदीको सतह ६.१३ मिटर पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। पहाडी जिल्ला रोल्पा, प्युठानमा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो।  

राप्ती तटिय क्षेत्र र डुबान भइरहने होचो भुभागमा बस्ने सर्वसाधारणले सर्तकता अपाउन ज्ञवालीले आग्रह गरेका छन्। खतरा स्वरुप राप्तीको तल्लो तटिय क्षेत्रमा साईरन बजाउन सुरु गरिएको छ। बाँकेको कुसुमबाट करिव ५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ। बाढी आउनु अघि नै सर्वसाधारणहरु सुरक्षित स्थानमा गएर बस्न स्थानीय प्रशासनले अपिल पनि गरेको छ।  

भारतले अन्तराष्ट्रिय कानुन विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने वित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन्। बाढीका कारण हजारौं विघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ।  

प्रकाशित: १ आश्विन २०७९ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App