चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर डा. गोविन्द केसीले धनगढीमा २०औँ आमरण अनसन गरेको तीन दिन भएको छ। तेश्रो दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हाे।
![](https://images.nagariknewscdn.com/third-party/1663144411_kc_1.jpg)
आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले बताए। यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्।
![](https://images.nagariknewscdn.com/third-party/1663144582_kc_2.jpg)
चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भनेपनि डा. केसीले अस्विकार गरेका छन्। अवस्था जटिल भएपनि आफूलाई कुनै औषधि नचढाउन उनले आग्रह गरेका छन्।
प्रकाशित: २९ भाद्र २०७९ ०७:५८ बुधबार