१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

भक्तपुरको सिद्धपोखरीमा दीपावली गरिने

भक्तपुरको सबैभन्दा ठूलो आकर्षक सिद्धपोखरीमा शुक्रबार दीपावली गरिने भएको छ। पोखरीमा शनिबार मेला लाग्नेछ।

 भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्छ। मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत नजिकका जिल्लाबाट हजारौं श्रद्धालु आउने गरेका छन्।

स्थानीयको अगुवाइमा साँझ त्यहाँ दीपावली गरिने चलन छ। पोखरीको चारैतिर तल र माथि गरी दुई तलामा लहरै दियो राखी दीपावली गरिन्छ।

त्यसै पनि आकर्षित पोखरीमा साँझ दीपावली गरेपछि अझ आकर्षित देखिन्छ। त्यही कारण यो दृश्य हेर्न पोखरीमा भीड लाग्ने गरेको छ। स्थानीयका अनुसार त्यसका लागि झन्डै एक हजार पाँच सयभन्दा बढी दियो आवश्यक हुने जनाइएको छ।

दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने गरेको छ। स्वयंसेवकका रूपमा स्थानीय वडावासी खट्ने गर्दछन्।

प्रकाशित: २४ भाद्र २०७९ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App