५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने उपकरणसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँको बत्तिसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरुमा एसइई, तथा २ उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने उपकरण र तयारी अवस्थाका नक्कली प्रमाणपत्रहरुसहित ३ जनालाई पक्राउ गरेको हो।

सो गिरोहले ५ सयदेखि १ हजारसम्म लिएर वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई नक्कली शैक्षिक प्रमाण पत्र बनाइदिने गरेको खुलेको छ। पक्राउ पर्नेमा मोरङ बेलबारी ९ घर भइ काठमाडौँको गौशाला बस्दै आएका ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी ४ घर भइ काठमाडौंँको बानेश्वर बस्दै आएकी ४३ वर्षीया सुमित्रा कोइराला, र सोलुखुम्बु दुधकुण्ड ४ घर भइ काठमाडौंँको बानेश्वर बस्दै आएकी २४ वर्षीया फुल्हमु तामाङ रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी बृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App