१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

एमाले पार्टी कार्यालय सचिव शाही पक्राउ

नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले पक्राउ गरेको हो।

पत्रकार कालिबहादुर मल्लका अनुसार श्रीमतीमाथि कुटपिट गरेको र प्रहरीमा निवेदन परेपछि आफूले समाचार लेखेको विषयलाई लिएर ज्यान लिने धम्की आए पछि आफूले प्रहरीमा उजुरी गरेको र प्रहरीले पक्राउ गरेको बताए।

शाहीले फोन गरेर मारिदिने गर्धन छिनाल्ने लगाएतका धम्की दिएको अडियोसहित प्रहरी समक्ष निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। घटना सत्य हो। प्रहरीमा जाहेरी परेपछि पत्रकारले समाचार लेख्ने हो। शाहीले आफ्नी कान्छी श्रीमती गिता जैसि शाहीलाई गत १२ गते राति कुटपिट गर्दा शरिर भरी निल्डाम छन्। भने कान समेत च्यातीएको छ। सोही समाचार मल्ल लगाएतका पत्रकारले लेखेका थिए।  

नागरिक दैनिक र इन्सेक अनलाइनमा समाचार प्रकाशन भएको थियो। पत्रकार मल्ल इन्सेक कालिकोटका प्रतिनिधि हुन्। घटना प्रति निन्दा गदै पत्रकार महासंघ कालिकोटले पनि प्रेस विज्ञप्ती प्रकाशित गरेको छ।  

 

यो पनि पढ्नुहोस्

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

 

प्रकाशित: २० भाद्र २०७९ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App