२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले क्षणिक लाभ लिने कुरा मात्रै सोचेको छः मदनकृष्ण श्रेष्ठ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन्।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताएका हुन्। उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए। 

सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशीएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने उनको भनाइ छ। उनले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गरे। उनले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताए। उनले देशले निर्यात गरेर कमाउने कुनै पनि श्रोतहरु नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको बताए। देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने उनको चाहना छ।

वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारीसाधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १८ भाद्र २०७९ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App