१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पानी तान्ने मोटर मर्मत गर्न इनारभित्र पसेका बुबाछोराको मृत्यु

गोलबजार नगरपालिका ६ स्थित घटना भएको इनार

सिरहाको गोलबजारमा करेन्ट लागेर बुबाछोराको मृत्यु भएको छ। इनारभित्र जडान गरिएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर गोलबजार नगरपालिका –६ बस्ने बिजय साह र उनका छोरा अमर साहको मृत्यु भएको हो।

बिहीबार दिउँसो पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार मोटरसमा खराबी आएपछि ठीक गर्न पहिला बाबु इनारभित्र पसेका थिए। बुबालाई करेन्ट लागेपछि छोरासमेत ईनार भित्र पस्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App