coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सबै कर तिरिसक्न काठमाडौँ फन पार्कलाई महानगरकाे २४ घण्टे अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले प्रर्दशनी मार्गमा अवस्थित काठमाडौँ फन पार्क प्रालिलाई (२४ घण्टे) भोलिसम्म सबै कर तिरिसक्न पत्राचार गरेको छ। 

काठमाडौँ फन पार्कले ५/६ वर्षदेखि नै राजस्व नतिरेको पाइएको छ। मनोरनजन कर लागू गरिएको वर्ष २०७५ सालदेखि नै फन पार्कले मनोरञ्जन कर नतिरेको काठमाडौँ महानगरपालिका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले नागरिक न्युजसँग भने।

उनले फन पार्कलाई पत्राचार गर्दै भोलिसम्म व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिरिसक्न निर्देशन दिएको बताए। महानगरले भोलिसम्ममा कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी दिएको छ। फन पार्कले वर्षौदेखि व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरी व्यवसाय सञ्चालन गरेको र पटक-पटक ताकेता गर्दा पनि उक्त कर प्राप्त नभएकाले महानगरले पत्राचार गरेको राजश्व विभागले जारी गरेको सूचनामा उल्लेख छ।

'तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकी सरह अशल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ' महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ। काठमाडौँ महानगरपालिकाले फन पार्क प्रालिलाई कोभिड आगाडि पनि कर तिर्न ताकेता गरेको थियो।

प्रकाशित: १५ भाद्र २०७९ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App