७ वैशाख २०८१ शुक्रबार
समाज

बालेन शाहकै सिकाे गर्दै अन्य नगरपालिकाः भत्काउन सुरू गर्दैछन अनधिकृत संरचना

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यका लगायत देशभरीका अन्य नगरपालिकामा पनि क्रमश्ः देखिन थालेको छ।

यसरी अनधिकृत संरचना हटाउने अभियान सुरू गर्नेहरूमा पाेखरा महानगर, धनगढी उपमहानगर, हेटाैडा उपमहानगर, नेपालगंज उपमहानगर, थिमी नगर, काेहलपुर नगरपालिकालगायत छन्। 

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरे सँगै पोखरा महानगरपालिकाले पनि भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको थियाे। तर सम्बन्धित निकायले पहिलो सूचनाको अटेर गरेपछि पोखरा महानगरपालिकाले दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ।  

यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ।

त्यस्तै गरि धनगढी उपमहानगरपालिकाले पनि मुख्य सडकको दायाँ,बायाँ १५ /१५ मिटर खाली गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन निर्देशन दिएको हो।  

त्यस्तै भक्तपुरको मध्यपुर थीमि नगरपालिकाले पनि काठमाडौं महानगरकै सिकाे गर्दै अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, 'अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला। नगरपालिकाले ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना नहटाएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

कोहलपुर नगरपालिकाले पनि सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ। नगरपालिकाले सोमवार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो। कोहलपुर नगरविकास समितिले निर्णय गरे अनुसार सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने हटाउने सुरु गरिएको हो। समितिका अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न पुन तीन दिने सूचना जारी गरिएको छ।

त्यस्तै नेपालगञ्ज रत्नराजमार्ग अन्तर्गतको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना पनि हटाउन सुरु भएको छ। डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको हो।

प्रकाशित: १४ भाद्र २०७९ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App