३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

फाइल तस्बिर

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

कालीमाटी गाउँपालिका वडा नम्बर १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए।

प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर १० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएका छन्।  

अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।

प्रकाशित: १४ भाद्र २०७९ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App