coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

सडकमा भेटिएको शंकास्पद कार्टुन।

मंगलबार नेपाल बन्दको क्रममा भेटिएको शंकास्पद कार्टुन खाली भएको पाइएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी ३ को बँदेलपानी र बेलका नगरपालिका ५ को सुपाडेबीचको देउराली जंगलमा दिउँसो ३ः०० बजे विद्युतीय तार जडित कार्टुन भेटिएको थियो। सडक छेउमै रहेको कार्टुन देखेर स्थानीयले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि जिल्ला सुरक्षा समितिले नेपाली सेनाको बोक्से गणबाट डिस्पोजल टोली पठाएर चेकजाँच गर्दा काटुन खाली भेटिएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले डिस्पोजल टोलीले अनुसन्नधान गर्दा कार्टुनभित्र केही फेला नपरेको बताए। उनले बम हुनसक्ने आँकलनसहित मंगलबार दिउँसै सेनाको डिस्पोजल टोली पठाइएकोमा त्यस्तो विष्फोटक पदार्थ केही नभेटिएपछि साँझमै टोली फर्केको बताए। बम नभए पनि बमजस्तो आशंका गर्न मिल्ने भएकाले त्यसले सर्वसाधारणलाई केही त्रसित बनाएको छ।  

०७७ फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सम्झौता कार्यान्वयन नगरेको मुख्य आरोपसहित विप्लव नेकपा, ऋषि कटेल अध्यक्षताको अर्को नेकपा, आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी अध्यक्षताको नेकपा समाजवादीले बन्द आव्हान गरेका हुन्। नेकपाविरुद्धको प्रतिबन्ध फुकुवा, नेकपाका नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्धा फिर्ता तथा पक्राउ नेता कार्यकर्ताहरुलाई रिहा गर्ने सम्झौता कार्यान्वयन नभएको भन्दै बन्द आयोजना गरिएको उनीहरुले बताएका छन्।

प्रकाशित: ८ भाद्र २०७९ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App