१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

कैलाश गाउँपालिका १० स्थित मनहरी खोलाले बगाएर स्थानीय अन्दाजी ३३ बर्षकी सन्जुक प्रजाको मृत्यु भएको हो। ४६ वर्षीया माइलीमाया रुम्बा भने बेपत्ता रहेकी छिन्। शनिबार साँझ खोला तर्ने क्रममा दुवैजनालाई खोलाले बगाएकोमा प्रजाको आइतबार बिहान शव भेटिएको र रुम्बाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए। 

प्रजाको कैलाश ९ स्थित खोला किनारमा शव फेला परेको हो। घर फर्कने क्रममा खोला तर्दै गरेका उनीहरुलाई खोलाले बगाएको हो। प्रहरी, स्थानीय र जनप्रतिनिधिले बेपत्ता महिलाको खोजीकार्य गरिरहेका छन्। 

प्रकाशित: ५ भाद्र २०७९ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App