२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बुटवलको एक होटलमा युवायुवती मृत्त फेला

बुटवलको एक होटलमा आज एक जोडी युवा युवती मृत्त फेला परेका छन।  

रुपन्देहीको पारी बुटवलस्थित तिनाउ फुलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा एक जोडी मृत्त फेला परेका हुन्। गत आइतबार होटलमा बस्न भन्दै आएका धादिङ घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र ठेगाना नखुलेकी अन्दाजी २५ वर्षकी युवती होटलको कोठामा मृत्त भेटिएका हुन।

इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवती कोठाको बेडमा उत्तानो अवस्थामा मृत्त फेला परेकी छन भने युवक कोठाकै पंखामा झुण्डीएको अवस्थामा फेला परेका छन्। युवतीको श्रीमान विदेशमा रहेको र उनी एक महिना देखि हराएको भन्ने प्रारम्भिक जानकारी प्रहरीले फेला परेको छ। थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले बताए।  

बिस्ताराको तन्ना,टेवलमा रगत लत्तपतीएको देखिएकाले पहिले हत्या गरी युवकले आत्महत्या गरेको हुन सक्ने आशंका गरीएपनि यथार्त अनुसन्धानबाटै खुल्ले घिमिरेले बताए। उनीहरुको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा पठाइएको र घटनाबारे अनुशन्धान  भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०७९ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App