११ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

सुर्खेतमा एक वर्षमा ९१ बलात्कारका घटना

गत आर्थिक वर्षमा सुर्खेतमा जबर्जस्ती करणीका ९१ वटा घटनाका मुद्दा दर्ता भएका छन्। जिल्लामा दर्ता भएका यौनजन्य अपराधमध्ये यो संख्या चिन्ताजनक रहेको प्रहरी विश्लेषण छ। यसले महिला तथा बालबालिकामाथि हुने हिंसा अझै चुनौतीका रूपमा रहेको पाइएको छ।

विशेषगरी जबर्जस्ती करणी जस्ता गम्भीर अपराधको उच्च संख्याले कानुनी कारबाहीसँगै सामाजिक सचेतना, पीडित संरक्षण र रोकथाममुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको छ।

त्यस्तै सुर्खेतमा पछिल्ला तीन आवको तथ्यांकले अपराधको ग्राफ लगातार उकालो लागेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आव २०८०/८१ को तुलनामा २०८१/८२ मा ०.१४ प्रतिशत अपराध वृद्धि भएको थियो भने आव २०८१/८२ को तुलनामा २०८२/ ८३ माअपराध १.१५ प्रतिशतले बढेको देखिन्छ।

प्रहरीका अनुसार अपराध बढ्नुमा जनसंख्या वृद्धि, सहरीकरण, वैदेशिक रोजगारीका सामाजिक प्रभाव, पारिवारिक विखण्डन, लागु औषध दुव्र्यसन तथा सामाजिक सञ्जाल दुरुपयोग जस्ता विभिन्न कारणले पनि भूमिका खेलेको हुन सक्ने देखिन्छ।  

प्रकाशित: ११ श्रावण २०८३ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App