१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप लिग-२ः नेपाल नामिबियासँग खेल्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न पौने तीन बजे नेदरल्यान्ड्सको उट्रेचमा सुरु हुनेछ।  

जारी सिरिजमा अघिल्ला दुवै खेल गुमाएकाले नेपाल आजको खेलमा दबाबमा हुनेछ। उपाधि होडबाट बाहिरिएको नेपाल शीर्ष चारमा रहँदै विश्वकपका लागि छनोट हुने सम्भावना पनि कमजोर भएपछि दबाबमा परेको हो।  

नेपालले आफ्नो पहिलो खेल नामिबियासँग ८ विकेट र दोस्रो खेल नेदरल्याँड्ससँग ६ विकेटले हारेको थियो।  

समान ३० खेलबाट नेदरल्यान्ड्सको ३६ अंक छ । नेपाल र नामिबियाको समान २४ अंक छ। नेदरल्यान्ड्स तेस्रो, नेपाल पाँचौ र नामिबिया छैठौं स्थानमा छन्। नेदरल्यान्ड्सले यसअघिका दुवै खेलमा जित निकालेको छ भने नामिबियाले एक खेल जितेको छ। 

प्रकाशित: ११ श्रावण २०८३ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App