५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

यात्रु बनी टेम्पोमा चढेर चालकको हत्या

जनकपुरधाम उपमहानगरपालिका(७ स्थित माछा बजारबाट बेपत्ता भएको १८ वर्षीय अर्जुन साहको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अर्जुनको हत्या आरोपमा पाँचजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

प्रहरीले टेम्पो चालक अर्जुनलाई हत्या गरेको आरोपमा लोहारपट्टी नगरपालिका ४ घर भइ हाल जनकपुरधाम ७ बस्ने ३२ वर्षीय जितकुमार यादव, लोहारपट्टी नगरपालिका ४ घर भइ हाल जनकपुरमै डेरा गरेर बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुर १८ बस्ने २५ वर्षीय  सन्तोष कुमार, धनुषाको औरही गाउँपालिका २ पौडेश्वर घर भइ क्षिरेश्वरनाथ नगरपालिका २ महेन्द्रनगरमा डेरा गरी  बस्ने २१ वर्षीया प्रमिला महरा र औरही नगरपालिका २ पौडेश्वर भई हाल क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगर बस्ने बिगुल मुखियालाई पक्राउ गरेको छ।

गत साउन २० गते सन्तोषले अर्जुनलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनि झुक्याई साहको ई-रिक्सामा बसी जिल्ला महोत्तरी लोहारपट्टी नगरपालिका(८ भगवानपुर चौर स्थित भ्रमरपुरा बाट लोहारपट्टी जाने भित्री सडक खण्डमा लगी अर्जुनलाई जित कुमार यादव र सन्तोषले गम्छाले घाँटीमा पासो लगाई कसीँ हत्या गरी सोही बाटोको पश्चिम साईडमा रहेको नहरमा फालेको अवस्थामा २३ गते अर्जुनको शव भेटिएको थियो।

प्रहरीका अनुसार एक वर्षअघि बिगुल, प्रमिला र कृष्ण यादवले अर्जुनको घरबाट नगद १ लाख तथा सुनका गहना चोरी गरेका थिए। करिब ६ महिनापछि मृतक अर्जुनकी आमाले किरण र कृष्णलाई प्रहरीमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी उक्त रकम तिर्ने भन्दै बिगुलले १ लाख १७ हजार तथा कृष्णले रु २ लाख ४६ हजारको तमसुक बनाएर सम्पर्कबिहीन भएका थिए।

अर्जुनको हत्या हुनुभन्दा २० दिन अगाडि मृतक अर्जुनकी आमाले उनीहरुलाई जनकपुरधाममै फेला पारी तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाएकी थिइन्। सोही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र निजहरुसँ रहेको तमसुक समेत लुटने योजना बनाएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए।

कृष्णले पूर्व योजना बमोजिम आफ्नो दाजु जितकुमार र सन्तोष कुमारलाई अर्जुनको हत्या गरे बापत रु ३० हजार दिने आश्वासन दिएपछि यी दुबैले अर्जुनको टेम्पो रिजर्भ गरी फुलबरिया गाउँमा नजिक घाँटी कसेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए।

प्रकाशित: २६ श्रावण २०७९ १६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App