२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चिनियाँ नागरिक अपहरण गर्न नेपाल प्रहरीकै पेस्तोल प्रयोग

चिनियाँ नागरिकलाई अपहरण गर्नका लागि नेपाल प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ।

अपहरणमा संलग्न दुई प्रहरी पक्राउ परेपछि प्रहरीले प्रयोग गर्ने पेस्तोल दागेर अपहरण गरिएको खुलेको हो।महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रण्मा लिएका मध्ये दुई जना प्रहरी पक्राउ परेपछि पेस्तोल प्रयोग भएको खुलेको हो।

परिसर प्रमुख एसएसपी भरत बोहोराका अनुसार पक्राउ परेका ६ जना मध्ये दुई जना प्रहरी रहेका छन्।

त्यसमध्ये एक जना न्यायाधीशका पिएसओ (पर्सनल सेक्युरेटी अफिसर) र अर्का एक बालाजु वृत्तका घुमुवा प्रहरी हुन् । न्यायाधीशका पिएसओमा ३७ वर्षीय कर्णबहादुर गुरुङले बोकेको पेस्तोल प्रयोग भएको थियो।

पक्राउ परेका अर्का घुमुवा प्रहरी भने शिव सुनार बालाजु वृत्तमा कार्यरत रहेका छन्। अन्य पक्राउ पर्नेमा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी छन्। उनीहरुले बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेका थिए।

चिनियाँ नागरिक अपहरणमा परेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौ र दरवारमार्ग वृत्तको संयुृक्त टोलीले उद्धार गरेको थियो। अपहरणमा परेका चिनियाँ नागरिकसँग एक करोड फिरौतीसमेत माग गरिएको थियो। चिनियाका आफन्तले ५० लाख फितौति दिन तयार भएको बेला प्रहरीले उद्धार गरेको थियो।

प्रकाशित: १९ श्रावण २०७९ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App