कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्।
वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन्। आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो।
अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन्।
प्रकाशित: १७ श्रावण २०७९ १५:०१ मंगलबार