७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गायिकाको हत्यामा जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता गरेको छ। उनको हत्यामा संलग्नलाई जन्मकैदको माग गर्दै काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा बिहिबार मुद्दा दर्ता गरेको हो।

गत असार ११ मा बिहान काठमाडौंको नेपालटारस्थित उनी बस्ने डेरामा गायिका सुनार मृत भेटिएकी थिइन्। प्रहरी वृत्त बालाजुले अनुसन्धान सकेर सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको थियो। २५ दिन लामो अनुसन्धान सकेर कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता गंगा पौडेलले जानकारी दिए।

सुनारको हत्यामा संलग्न रहेको आरोपमा उनका प्रेमी भनिएका सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैदको सजाय माग गरिएको हो। श्रेष्ठलाई प्रहरीले घटना भएको समयमै पक्राउ गरेको थियो।

‘कसैले निजको ज्यान मार्न सक्नेगरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुराएमा तत्कालै ज्यान नमरी सोही चोटको परिणामस्वरुपपछि ज्यान मरेमा सोही व्यक्तिले ज्यान मारेको मानिनेछ,’ ऐनमा भनिएको छ, ‘त्यस्तो व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ।’ गायिका सुनारको मृत्युपछि प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरिएको थियो।

प्रकाशित: ६ श्रावण २०७९ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App