८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित एक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मधुवननगरपालिका–८ टेसन बस्तीका २३ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सुनारलाई मधुवननगरपालिका–४ माचड चौकस्थितबाट पक्राउ गरेको छ। सडकमा शंकास्पद रुपमा हिडिरहेका सुनारलाई प्रहरीले नियन्त्रणमा लिइ चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउनसुगर फेला परेको हो।

प्रहरीले सुनारको साथबाट २ सय ९० मिली ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ। प्रहरीले सुनारलाई नियन्त्रणमा लिइ लागु औषधमुद्दामा अदालतबाट म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ श्रावण २०७९ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App