५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जमिनमुनिबाट कतिबेलासम्म मिथेन ग्यास निस्कन्छ कुर्नु बाहेक विकल्प छैन: भूगर्भविद् श्रेष्ठ

लेदो माटो र पानीसहितको फोहोरा निस्किदैँ। तस्बिर: उपेन्द्र/नागरिक

काठमाडौँ जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ। सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको हो।

यसबारे अध्ययन गर्न पुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले पानीसँग मिलेर बसेको मिथेन ग्यास बाहिर निस्किएको बताए। उनका अनुसार यसले स्वास्थ्यलाई असर नगरेपनि नजिकै आगो भएमा विस्फोट हुन सक्ने सम्भावना हुन्छ।

उक्त ग्यास कतिबेलासम्म निस्किन्छ भन्ने यकिन नभएको पनि उनले बताए। उनले भने, 'यो पानीसँगा मिसिएर बसेको मिथेन हो, कतिबेलासम्म यसरि निस्कन्छ कुर्नु बाहेक विकल्प छैन',

सोमबार बिहान स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा उक्त ग्यास निस्किएको हो। बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको छ। 

प्रकाशित: ३ श्रावण २०७९ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App