७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शहिदनगरमा दुई करोड अनियमितता अख्तियारद्वारा छानविन सुरु

धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा अख्तियारको टोलीले छापा मारेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नगरपालिकाको फाइलहरु पल्टाएका छन्।

नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमा व्यापाक अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि अख्तियार टोली सो सम्बन्धमा छानविन सुरु गर्न कार्यालय पुगेको थियो। विभिन्न चारवटा योजनाको लागि प्रदेश सरकारबाट २ करोड १० लाख सशर्त अनुदान प्राप्त भएको थियो।

शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाको पक्की सडक निर्माण, वडा नं. ७ को नेमुवाटोलको कोरारी पोखरीदेखि सिटहु मण्डलको घरसम्म सडक ढलान, सोही ठाउँमा जलिल मियाँको घरदेखि विश्वकर्मा चौक र रमेश मण्डलको घरदेखि धोबियाही सडकसम्म सडक स्तरोन्नतीको योजनाहरुमा कामै नगरी भुक्तानी गरिएको उजुरीको आधारमा अख्तियारको टोली शहिदनगर पुगेको थियो।

ती तीन योजनासहित मधेश प्रदेश सरकारबाट दिइएको एसएनआर जनता मावि धबौलीको कक्षाकोठा निर्माणको लागि दिएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले स्थलगत निरीक्षण गरी साथै उक्त योजना सम्बन्धित फाइलको तस्बिर खिचेर लगेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख गोपाल अधिकारीका अनुसार, उजुरी सम्बधित आवश्यक कागजातहरुको तस्बिर खिचेर ल्याएको तथा सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए।

वडा नम्बर ३ मा प्रदेश सरकारबाट प्राप्त ५० लाखको योजनामा नवनिर्वाचित वडाध्यक्ष मनोज दासले आफ्नै भाइलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर योजना सम्पन्न गराएका थिए। अध्यक्ष दासले आफ्नै नजिक मान्छेलाई समितिमा राखेर आफैंले काम गराएका थिए। भने वडा नम्बर ७ मा तत्कालीन वडाध्यक्ष मनोज साहले काम गराएका थिए।

प्रकाशित: २ श्रावण २०७९ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App